तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक प्रसारण संस्था (पिएसवी) ऐन कार्यान्वयन

काठमाडौँ ।  नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्ने सम्बन्धी ऐन आजदेखि कार्यान्वयनमा आएको छ ।

ऐन प्रमाणीकरण भएको ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने कानुनी व्यवस्था बमोजिम आजदेखि नयाँ ऐन कार्यान्वयनमा आएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण ऐन २०८१ गत असोज २२ गते प्रमाणीकरण गर्नुभएको थियो ।

नयाँ ऐन कार्यान्वयनमा आएसँगै नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थामा रूपान्तरण गर्नका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

सार्वजनिक प्रसारण संस्थाको सञ्चालक समिति एक वर्षभित्र गठन हुने र सो समिति गठन नहुँदासम्म दुवै संस्थाका सञ्चालक समितिले यथावत् काम गर्ने व्यवस्था नयाँ ऐनमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button