तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश: गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाउनु भएको छ । 

प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको छ । प्रदेशको आर्थिक विकासलाई नयाँ उचाईमा पुर्‍याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ । स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ ।‘प्रदेश गौरवका आयोजनाहरूको कामलाई तीव्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौँ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’ 

स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम अघि बढेको छ । सुविधासम्पन्न १२ तले एक हजार दुई शय्या रहने यस अस्पताल भवन निर्माणको काम अघि बढेको छ । ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्ने गरी शिलान्यास गरेर निर्माणको काम अघि बढेको हो । यो अस्पताल निर्माण सम्पन्न भएर सेवा सञ्चालनमा आए बुटवल स्वास्थ्य हबको रुपमा विकसित हुने छ । अहिले देखिएका उपचारका जटिलताहरू समाधान भएर जाने विश्वास सरकारले लिएको छ ।

प्रदेशको प्रशासनिक सेवालाई प्रभावकारी बनाउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा ३ अर्ब ९ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्र जसमा मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालय रहने गरी कार्य तीव्र रुपमा अघि बढेको छ । २०८२ सालभित्रै निर्माण सम्पन्न हुने लक्ष्य सहित हाल ६५ प्रतिशत काम पूरा भइसकेको छ । साथै, १ खर्बको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सरकारले नदी सभ्यतामा आधारित नमुना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न सरकारले पहल लिएको छ । 

बाँके जिल्लाको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गरी सूचना प्रविधि, इन्जिनियरिङ, कृषि लगायत अध्यापन गराइँदै आएको छ । प्राविधिक, दक्ष जनशक्ति उत्पादनका लागि थप पहल गर्नेसरकारको योजना रहेको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै विभिन्न सडक खण्डलाई बहुबर्षीय आयोजनाका रुपमा काम अघि बढाउने निर्णय गरिएको छ । रामपुर–जिनाबाङ सडक स्तरोन्नति योजनालाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै बहुबर्षीय आयोजनाका रुपमा काम अघि बढाएको छ । 

लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ मा पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको गरेको हो । चार जिल्लामा ८ चरणमा काम थालिएको यो सडक निर्माणको कामलाई तीव्रता दिने गरी काम अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनु भयो । यस बर्ष सडक निर्माणको लागि बजेट रहेको समेत जानकारी दिनुभयो । करिब ३ सय किलोमिटर अनुमान गरिएको यो सडक ४ जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयले हेर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button