तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमा यात्रुवाहक बसहरू पहिलो पटक पुग्दा स्थानीयमा खुसीयाली 

हुम्ला । हुम्ला जिल्लाको गाउँ गाउँमा यात्रुवाहक ठुला बसहरू पहिलोपटक पुग्दा स्थानीय नागरिकहरू खुसी भएका छन् । यस अघि बोलेरो जिपहरू मार्फत नागरिकहरू यात्रा गर्ने गरि रहेको भएपनि अब गाउँ गाउँमा ठुला बसहरू पुग्दा नागरिकहरू खुसी मात्रै नभई भाडामा समेत सस्तो पर्ने भएको छ । 

अदानचुली ताँजाकोट लगायतको क्षेत्रबाट यस अघि बोलेरो जिप मार्फत सुर्खेत सम्म यात्रा गर्दा खान बस्न बाहेक भाडा मात्र ६ देखी ८ हजार सम्म तिर्दै आएका नागरिकहरू अब ३० हजारमै नेपालगञ्ज सम्म पुग्न पाइने भएकाले नागरिकहरू खुसी हुँदै हिजो आज अधिकांश नागरिकहरू बस मार्फत यात्रा गर्न थालेका छन् । कार्तिक १० गतेको दिन सुर्खेत नेपालगञ्ज हुँदै सर्केगाड सम्मको लागि १ मिनि बस र २ वटा ठुला बसहरू आए पनि यातायात समितिहरूको सिन्डिकेटका कारण नेरघाटबाट फर्किएका बसहरू अहिले पनि उनीहरूलाई छल्दै आउने गरेका छन् । बसहरू सञ्चालनमा आउँदा सबै नागरिकहरू खुसी देखिए पनि यातायात समितिकै कारण बसहरू चल्न नपाएकाले पछिल्लो समय नागरिकहरू समितिहरूमा आक्रोश पोख्न थालेका छन् ।

सोही विषयलाई लिएर यात्रुहरूलाई यसरी अलपत्र पारेर यातायात समितिले यसरी बसहरूलाई रोक्नु राम्रो नभएको भन्दै तत्काल बसहरूलाई सञ्चालनमा ल्याएर नागरिकहरूलाई सहज यात्रा गराउनु पर्ने बताए । उहाँका अनुसार यातायात समिति सबै बाजुराका भएकाले बाजुराले यसको पहलकदमी गर्नुपर्ने र यसरी रोक्नेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । यदि यातायात समितिले तत्काल बसहरूलाई बिना रोकावट सञ्चालनमा आउन नदिए सदनमा कुरो उठाएर समस्या समाधानमा लाग्ने बताउनु भयो ।

यस्तै कर्णाली प्रदेश सभा सदस्य समेत रहेका ऊर्जा मन्त्री रणसिंह परियारले पनि आफूले यस अघिनै सदनमा कुरा उठाइ सकेको र तत्काल सञ्चालनमा ल्याउन आफ्नो पहलकदमी निरन्तर रहने बताउनु भयो ।

यस्तै केही दिन अघि मात्र हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा आएर फर्किनु भएका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेललाई पनि यहाँका नागरिक र जनप्रतिनिधिको गुनासो सडक सञ्चालनमा ल्याई नागरिकको सहज यात्रालाई ध्यान दिन आग्रह गरेका थिए तर उक्त विषय सङ्घीय सरकार मातहतको भएकाले प्रमुख जिल्ला अधिकारी मार्फत तत्काल सहजीकरण गर्न आग्रह गर्नु भएको छ ।   

यता आज ताँजाकोट गाउँपालिकाको केन्द्रमा राधाकृष्ण  यातायात  प्राइभेट  लिमिटेडको ना ५ ख ७३५६ नम्बरको यात्रुवाहक बस पुग्दा त्यहाँका नागरिकहरू खुसी भएको ताँजकोटबाट पदमबहादुर बुढाले खबर पठाउनु भएको छ ।

नेपालगन्ज देखी  २ दिन लगाएर पुगेको बस यात्राहरूको माग अनुसार  र यात्रुहरूलाई यात्रामा सुविधा  दिन आएको  चालक झलक्मान खत्रीको भनाइ छ । ४२ जना सिट क्षमता  भएको उक्त बसले ताजाकोटबाट २७ जना यात्रु सुर्खेत , नेपालगन्जका लागी  टिकट  काटेको पनि उहाँले बताउनुभयो । रोडको अवस्था खराब  भएपनि गाडीमा सहज यात्रा हुने हुँदा  र सामानहरू धेरै  लग्न सकिने भन्दै उहाँले खुसी व्यक्त  गर्नु भएको हो ।

उहाँका अनुसार  अब ताजाकोटमा यात्रुहरूको सङ्ख्या  धेरै  भएको समयमा सधैँ बस सञ्चालन हुनेछ । ताजाकोट देखी  नेपालगन्ज सम्मको सहज र ३ हजार  भाडा दर हुँदा  यात्रुहरूले आफु खुशी गरेको बताए ।  बस गाउँमा पुग्दा स्थानीयहरूले  चालक र सहचालकलाई  फुलमालाले स्वागत  गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button