तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा कोदाेको माग बढ्दो ,उत्पादन घट्दो

मुगु । मुगु जिल्लामा कोदाेको माग दिन प्रतिदिन बढ्दै गएको छ।  कोदो खरिदका लागि व्यापारी कृषकहरूको घरमै पुगेर कोदो खरिद गर्न थालेपछि एक्कासी कोदोको माग बढेको हो।

छायाँनाथ  नगरपालिका वडा नं ३ माथितुमका कृषक प्रकाश भण्डारीका अनुसार कोदाेको उत्पादन घट्दै गए पनि माग भने बढेको छ । अहिले प्रति पाथी कोदाे ७० रुपैयाँमा बिक्री भइरहेको  भण्डारीले बताउनु भयो । 

पहिले बिक्री नहुने तर बिक्री भइहाले सस्तो मूल्यमा बेच्नु पर्दा  घाटा हुने भएकाले  कृषकहरू निरास हुँदै आएका थिए । अहिले गाउँघर बाटै कोदो बिक्री हुन थालेपछि स्थानीय कृषकहरू उत्साहित  देखिन थालेका छन् 

पछिल्ला वर्षहरूमा कोदाेको माग  बढेपनि  उत्पादन घट्दो क्रममा रहेको छ ।  कोदो खेती गर्दा लागतको तुलनामा उत्पादनमा कम  हुँदा यहाँका कृषकहरू अन्य नगदे बालीतर्फ आकर्षण  बढेको छ।  

बिगत वर्षहरूको तुलनामा  कोदो खेती कम गर्ने र आलु,पाखेधान, मकै,सिमी लगायत तरकारी  खेती तर्फ कृषकहरू आकर्षित हुन थालेपछि  कोदो उत्पादन घट्दो क्रममा रहेको छ ।

मुगुसहित साबिक कर्णालीका सबै जिल्लामा कोदाेको खेती गरिँदै आएको छ। कर्णालीबाट खरिद गरिएको कोदो  नेपालगन्ज, काठमाडौं र पोखरामा व्यापारीहरूले बिक्री गर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button