बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन । भरतपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१, रामनगरस्थित परेवाश्वरी पेट्रोल पम्पअगाडि बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट लोथरतर्फ आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका चालक भरतपुर–१४ बस्ने ५४ वर्षीय धनप्रसाद भट्टको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
दुवै सवारी साधन र बस चालक बस चालक राप्ती नगरपालिका–२, गड्यौली बस्ने ३६ वर्षीय काजी बोगटी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्