तपाईँ सुन्दै हुनुहुन्छः

बैकुण्ठधाम निर्माणका लागि महोत्सव सुरुहुनु पूर्व नै ४९ लाख  सङ्कलन

बाँके । बाँकेको डुडुवा गाउँपालिका -५ मा सिधनियाघाट बैकुण्ठधाम निर्माणका लागि सहयोग जुट्ने अभियानले निरन्तरता पाएको छ । बैकुण्ठधाम निर्माणका लागि आगामी २२ गतेबाट नेपालगन्जमा धार्मिक महोत्सवको आयोजना गरिने भएपनि महोत्सव सुरुहुनु पूर्व नै ४८ लाख ८४ हजार रकम सङ्कलन भइसकेको छ ।

सोमबार मात्र बैकुण्ठधाम निर्माणका लागि कोहलपुरबाट रम्भा शर्माले १० लाख ११ हजार हस्तान्तरण गर्नु भएको छ । उहाँले बैकुण्ठधाम सिधनियाघाट निर्माणमा टेवा पुगोस् भन्ने उद्देश्यले महोत्सव पूर्व चेक पठाएको महोत्सव मुल आयोजक समितिका आर्थिक उपसमितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनु भयो । 

साेमबार नै नेपालगन्जकी सुशिला शर्माले पनि महोत्सवको सचिवालय पुगेर बैकुण्ठधाम निर्माणका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ ।

धार्मिक महोत्सव सुरुहुनु पूर्व नै धमाधम दाताहरुले दान दिन थालेको मुल समितिका सचिव भोला महतले जानकारी दिनुभयो  ।  बैकुण्ठधामका लागि मुल समितिका संयोजक डा सुरेश कनोडियाले १० लाख १ सय १ रुपैयाँ दान गर्नु भएको छ भने कमल कार्कीबाट १ लाख ५१ हजार १५१, राजमन मित्रबाट १ लाख ११ हजार १११, विमल डाँगीबाट १ लाख, संजीव बस्नेतबाट १ लाख १ हजार रुपैयाँ दान प्राप्त भएको मुल समितिले जनाएको छ।

महोत्सवको घोषणा भए लगत्तै डा. बद्री चापागाईँले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेर आर्थिक सङ्कलनको आरम्भ गर्नु भएको थियो ।

दान गरेका दाताहरूलाई पूर्व निर्धारित कार्यक्रम अनुसार धार्मिक महोत्सवमा सम्मान र अभिनन्दन गरिने मुल समितिका महासचिव श्रीराम सिग्देलले बताउनुभयो । यही कार्तिक २२ गतेबाट ३० गते सम्म बाचन शिरोमणिको उपाधि पाएनुभएका दीनबन्धु पोखरेलबाट सङ्गीतमय भागवत बाचनसहित धार्मिक महोत्सवको आयोजना हुने महासचिव सिग्देलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button