तपाईँ सुन्दै हुनुहुन्छः

स्व.लोहनीको डायरीका पानाहरूबाट ‘अस्ट्रेलियादेखि युरोपसम्मको यात्रा’ पुस्तक विमोचन

काठमाडौँ । वरिष्ठ अर्थशास्त्री तथा प्रगतिशीलवादी लेखक स्व.गोविन्दप्रसाद लोहनीको डायरीका पानाहरूबाट अस्ट्रेलियादेखि युरोपसम्मको यात्रा नामक पुस्तक प्रकाशित भएको छ ।

स्व.लोहनीको ९६औँ जन्मजयन्तीको अवसरमा एकल व्यक्तित्व समाजले, उहाँले लेख्नुभएको डायरीको पानाहरूबाट अस्ट्रेलियादेखि युरोपसम्मको यात्रा नामक पुस्तक प्रकाशित गरेको हो । स्व. लोहनीले आफ्नो जीवनकालको ६० वर्ष डायरी लेख्नुभएको थियो ।

बागमती प्रदेशका सभामुख भुवन, पाठक, पूर्व मुख्य सचिव उमेश मैनाली, पूर्व परराष्ट्र सचिव मदन भट्टराई ,रवीन्द्र मिश्र, रमेश खरेललगायतले उक्त पुस्तक संयुक्त रुपमा विमोचन भयो ।

पुस्तकको विमोचनका कार्यक्रममा स्व.लोहनीको व्यक्तित्वबारे संस्थाका अध्यक्ष कपिल लोहनीले उहाँको जीवनका विभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो ।

स्व.लोहनीका नेतृत्वको भोग, कामरेड जाने होइन, आजको चीन ,चिनी जनसङ्घर्षलगायत थुप्रै पुस्तक, दुई हजार लेख प्रकाशित भइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button