तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा भाइटीका ग्रहण

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भाइटीका ग्रहण गर्नु भएको छ । 

 शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा मुख्यमन्त्री आचार्यले भाइटीका ग्रहण गरेको उहाँको निजी सचिवालयले जनाएको छ । मुख्यमन्त्री आचार्यले जेठी दिदी शारदा पौडेल, माहिली दिदी शान्ता न्यौपाने र बहिनी सरिता पन्थीको हाटबाट टीका ग्रहण गर्नु भएको हो । 

यस्तै मुख्यमन्त्री आचार्य सहित उहाँका जेठा दाइ बाबुराम आचार्य, साइँलो भाइ खुबीराम आचार्य र कान्छो भाइ माधव आचार्यले समेत दिदीबहिनीको हातबाट टीका ग्रहण गर्नु भएको छ । यसैबिच तिहारको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएको बताउनु भएको थियो । 

तिहार मनाउने मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने समेत आशा व्यक्त गर्नु भएको थियो । कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको मौलिक चाडको रूपमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button