तपाईँ सुन्दै हुनुहुन्छः

थाई एसियाको भैरहवा–बैङ्कक उडान सुरु

भैरहवा (रुपन्देही) । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ । आज बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

“सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो”, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भन्नुभयो, “अब २३ कात्तिकदेखि सातामा दुई पटक नियमित उडानको तालिका रहेको छ ।”

थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनः उडान काठमाडौँमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।

भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडा दर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button