सद्भावको शहर नेपालगन्जमा तिहारको झिलिमिली (फोटो फिचर)
बाँके । सद्भावको शहर नेपालगन्जमा यतिबेला तिहारको झिलिमिलीले सजिएको छ।
नेपालीहरूको प्रमुख चाड तिहारको अवसरमा बाँके जिल्ला, विशेषगरी नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका क्षेत्रहरू झिलिमिली बत्तीले बेहुलीझैँ सजिएका छन्। तिहारको रङ्गिन झिलिमिलीले शहरलाई चटक्कै फरक र आकर्षक बनाएको छ। घरहरू, पसलहरू, व्यापारिक मल, सडकहरू, र सरकारी कार्यालयहरूमा समेत रङ्गिन बत्ती, फूल र माला सजावट गरिएको छ।
साँझको समयमा बत्तिको आकर्षक रङले पूरा शहर झिलिमिली बन्छ। कतै रङ्गिन एलईडी बत्तीहरूले सडकहरू चम्किएका छन् भने कतै फूलमालाहरूले पसलका ढोकाहरू सजाइएका छन् । स्थानीयवासीले चाडपर्वको रमाइलोमा सहभागी हुँदै परम्परागत दीपावली मनाएका छन् भने व्यापारिक प्रतिष्ठानहरू पनि झिलिमिली सजावट गरेर पर्वको उल्लासमा रमाइरहेका छन् ।
नेपालगन्जको मुख्य बजार क्षेत्र ताहाचल, बिपी चोक लगायतको ठाउँमा रातको समयमा झिलिमिली बत्तीहरूले पर्यटकलाई थप आकर्षण गरेको छ। यस्ता पर्वको अवसरमा नेपालगन्जमा मात्र होइन, कोहलपुर र आसपासका स्थानहरू पनि झिलिमिली बनेका छन्। त्यहाँ पुग्ने जोकोहीले पनि यो रङ्गिन दृश्यलाई क्यामेरामा कैद गर्न नछोड्ने अवस्था बनेको छ ।
तिहारको झिलिमिलीले एकातिर शहरलाई रमणीय बनाएको छ भने अर्कोतिर यसले सामाजिक सद्भाव, पारिवारिक मेलमिलाप र आर्थिक चहलपहललाई पनि प्रोत्साहन गरेको छ।
प्रतिक्रिया राख्नुहोस्