तपाईँ सुन्दै हुनुहुन्छः

बन्द रहेका सरकारी उद्योग र संस्थानहरूलाई निजीकरणको लागि प्रारम्भिक प्रक्रिया शुरु

काठमाडौँ । सरकारले रुग्ण तथा लामो समयदेखि बन्द रहेका सरकारी उद्योग तथा संस्थानहरूलाई नीजि क्षेत्रको संलग्नतामा अघि बढाउनका लागि आवश्यक प्रारम्भिक प्रक्रिया शुरु गरेको छ । 

त्यसका लागि नेपाल सरकारको निजीकरण समितिको बैठकले त्यसको आवश्यक अध्ययन गरी सुझाव दिनका लागि प्रक्रिया अघि बढाएको छ । 

रुग्ण भएका र चल्न नसकेका संस्थानहरू जो सञ्चालनको सम्भावना रहेका छन् तिनीहरूको व्यवस्थापन नीजि क्षेत्रलाई कुन मोडालिटिमा चलाउने दिने भन्ने बारेमा त्यसको पहिला ती उद्योग तथा संस्थानहरूको वर्गीकरण सरकारले गर्नेछ । 

त्यस पछि विज्ञहरुको टोलीले अध्ययन गरेर वास्तविक अवस्था थाहा पाएर मात्र प्रक्रिया अघि बढ्ने अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाका प्रमुख  दिर्घराज मैनालीले बताउनु भयो । 

सरकारले विभिन्न ८ वटा उद्योग तथा संस्थानहरूको अध्ययन गरी व्यवस्थापन नीजि क्षेत्रलाई कुन प्रक्रियाबाट दिने भनेर त्यसको वर्गीकरण गर्ने निर्णय गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button