अछाममा ट्याक्टर दुर्घटनामा परि ७ जना घाइते
अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नं १ राउलासैनस्थित कच्ची सडक खण्डमा चाईराबाट ढकारीतर्फ गइरहेको ट्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । ट्रलीमा धानको पराल लोड गरी जाँदै गरेको ट्याक्टर दुर्घटनामा भएको हो । सु.प.प्र.०१००२ त.५१८८ नं।को ट्याक्टरको ट्रली सडकको मोडमा पल्टिई दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ जना मध्ये ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरी प्रसाद भण्डारीले बताउनु भयो ।
ट्याक्टर चालक ढकारी गाउँपालिका वडा नं १ का ३० वर्षीय लोक बहादुर बुढा प्रहरीको नियन्त्रणमा रहेका छन् । घाइतेलाई उपचारको लागी ढकारी स्वास्थ्य चौकी तर्फ पठाएको अन्य ४ जना सकुशल रहेको प्रहरीले बताएको छ । घाइते हुनेमा ढकारी गा.पा.१ लयागाउ बस्ने वर्ष ३२ क दिनेश रिमालको निधार, कम्मर र खुट्टामा चोट लागेको र गम्भीर रहेको छ ।
सोही ठाउँ बस्ने रिमालका छोरा १० वर्षका लोकेस रिमालको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको छ । ५७ वर्षका मनराजे टमटाको दाहिने पट्टी कम्मर र पाखुरामा चोट लागेको छ ।
यस्तै ४६ वर्षका धने टमटाको घाँटी र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको अछाम प्रहरीले बताएको छ । थप घाइते हुनेमा वर्ष १६ कि कविता टमटाको छाती र कम्मरमा भित्री चोट लागेको छ । वर्ष १७ कि खिमा टमटाको खुट्टा र कम्मरमा चोट रहेको छ । वर्ष १३ की जनधरा टमटाको निधार र मुखमा चोट लागेको र अवस्था मध्यम रहेको बताएको छ।
घाइतेमध्ये दिनेश रिमाल र धने टमटालाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको छ । घटनास्थलमा प्रहरी चौकी ढकारीबाट प्रहरी टोली खटिएको अछाम प्रहरीले बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्