अख्तियार कार्यालय हेटौडाद्वारा प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश
मकवानपुर । बागमती प्रदेश प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले ३४ औँ प्रतिवेदन बुझाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाका कार्यालय प्रमुख उमाकान्त आचार्य सहितको टोलीले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन पेश गरेको हो ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले पारदर्शिताको सबैभन्दा अपरिहार्य सवाल भएकोले यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । आर्थिक तथा अन्य कुनै पनि अख्तियारी माथिको पारदर्शिताको लागि आयोगले गर्दै आएको काममा आफ्नो पूर्ण साथ रहने प्रमुख देवकोटाको भनाइ थियो ।
आयोगले वर्षभरी गरेको काम कारबाही समेटेर तयार पारिएको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा ६ परिच्छेद र ५२४ पृष्ठ रहेका छन् ।
नेपालको संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्