३ महिनामा ७ अर्ब ७६ करोड ३० लाख बढीको नेपाली उत्पादन निर्यात
बीरगंज । बीरगंज स्थित एकिकृत तथा आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८१/०८२ को साउन, भदौ र असोज महिनामा भारत तथा तेस्रो मुलुक तर्फ ७ अर्ब ७६ करोड ३० लाख ५२ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।
वीरगन्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगन्ज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

आईसिपी भन्सार नाकाहुदै आर्थिक बर्ष २०८१/०८२ को तिन महिनामा १ अर्ब ७८ करोड ३० लाख ५६ हजार मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ भने तिन महिनाको अवधिमा ५५ करोड २३ लाख ३९ हजार मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ ।
त्यसैगरी तिन महिनाको अवधिमा ६३ करोड १५ लाख ४४ हजार मूल्य बराबरको पिना, २५ करोड ८३ लाख ५६ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल, २२ करोड १० लाख २३ हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनु भयो ।
त्यसैगरी आर्थिक बर्ष २०८१/०८२ को तिन महिनामा ४४ करोड ६३ लाख ५९ हजार मूल्य बराबरको बत्तीसा, त्रिफला, कवाजहरू, च्यवनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू भारत निर्यात भएको छ भने तिन महिनाको अवधिमा १४ करोड ९७ लाख २२ हजार मूल्य बराबरको उनी गलैँचा कार्पेट, १८ करोड ७१ लाख, ६० हजार बराबरको कुकुर वा बिरालाको खाना, १२ करोड ९३ लाख २८ हजार मूल्य बराबरको एम.एस. स्टील स्ट्री पभारत निर्यात भएको छ ।
त्यसैगरी चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा वीरगन्जको आईसिपी भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्तमन्जन, रेसाको कपडा, आयुर्वेदिक औषधी, स्टीलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाईप, तयारीकपडा, र पोशाकका नमूना भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्