तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड छेडेदह गोल्डकपको उपाधि कन्सर्न बाजुरालाई

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको आटिचौरमा सञ्चालन भएको छेडेदह गोल्डकप २०८१ को उपाधि कन्सर्न बाजुराले जितेको छ । 

समूह चरण र सेमी फाइनलबाट उपाधिका लागि फाइनलमा पुगेको कन्सर्न बाजुराले बडीमालिका-९ लाई पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको छ ।

लगातार चार वर्ष उपाधि जित्दै आएको कन्सर्न बाजुरा यो पटक पनि उपाधि जित्न सफल भएको हो ।

शुक्रबार दिउँसो भएको रोमाञ्चक  खेलमा कन्सर्न बाजुराले बडीमालिका-९ लाई ४-२ ले पराजित गरेको छेडेदह गोल्ड कपका खेल संयोजक कृष्ण ओलीले जानकारी दिनुभयो। 

खेल सुरु भएको ३० मिनेटमा कन्सर्न बाजुराका जीवन रावलले पहिलो १ गोल गर्नुभएको थियो । त्यसको लगत्तै ओमप्रकाश बोहराले १ गोल र हृदयचन्द्र सिंहले  १ गोल गर्नुभएको थियो ।खेलको दोस्रो हाफमा सिंहले  १ गोल हान्दै ४ बनाउनुभएको थियो । भने बडीमालिका ९ का राजेश थापाले १ गोल र सुमन विकले १ गोल गर्नुभएको थियो।खेलको दोस्रो हाफमा विक र थापाले जवाफमा कन्सर्न विरुद्ध दुई गोल हाने पनि कन्सर्नले ४ गोल हानेपछि उपाधि जितेको हो ।

उपाधि जितेसँगै कन्सर्न बाजुराले ३ लाख नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।उपविजेता बनेको बडिमालिका-९ ले २ लाख नगद पुरस्कार सहित प्रमाणपत्र बुझेको छ। यो सँगै असोज ३ गतेबाट सुरु भएको छेडेदह गोल्डकप प्रतियोगिता समापन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button