तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरा नाबालिका हत्या प्रकरण:   हत्यारा सार्वजनिक हुनुपर्ने भन्दै स्थानीय आन्दोलित 

डडेलधुरा। डडेलधुरा सदरमुकामबाट ७ किलो मिटर टाढा रहेको अमरगढी-७ पोखरामा बोरामा राखेर फालिएको अवस्थामा भेटिएको नाबालिकाको शव आफन्तले बुझ्न नमानेपछि अस्पतालमै शव राखिएको छ ।  

 अमरगढी नगरपालिका -७ पोखराकी १४ बर्सिया आरती भट्टराईलाई बलात्कार पछि हत्या भएको हुनसक्ने भन्दै स्थानीयले हत्यारा सार्वजनिक नगर्दा सम्म शव नबुझ्ने भन्दै स्थानीयहरूले पोखरा बजारमा सडक अवरुद्ध गरी आन्दोलित भएका छन् । 

 पोखरा बजारबाट १० मिटर भित्र ग्रामीण सडकमा शुक्रवार राति ९ बजेतिर  प्लास्टिकको बोरामा राखेर शव फ्याँक्दै गरेको अवस्थामा प्रयोग भएको मोटर बाइकको आशङ्काका आधारमा ५८ वर्षीय स्थानीय टेकबहादुर भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 प्रहरीको नियन्त्रणमा रहेका भण्डारीमाथि अनुसन्धान केन्द्रित भइरहेको र मृतकका बुबा रोजगारीको सिलसिलामा भारतमा रहेकाले उहाँ नआउँदा सम्म शवको पोस्टमार्टम हुन नसकेको प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभएको छ । डडेलधुरा प्रहरी घटनाको नजिक पुगिरहेको बताउनुहुँदै प्रनाउ श्रेष्ठले बलात्कार पछि हत्या भएको हो की हत्या भएको हो त्यसपछि यकिन भन्न सकिने बताउनुभयो । उग्रतारा माविमा कक्षा ६ मा अध्ययनरत भट्टराईको बलात्कार पछि हत्या भएको आशङ्का गर्दे दोषी उपर कानुनी कारबाहीको माग राख्दै स्थानीयहरूले सडक अवरुद्ध गर्दे आन्दोलित भएका छन् । घटनामा संलग्नताको आशङ्कामा भण्डारीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रनाउ श्रेष्ठले बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button