डोटीमा दशैँ मान्न घर आउने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु
डोटी । डोटीमा आज (शुक्रबार )दशैँ मान्न घर आउने क्रममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३०/३५ वर्षीय भावना पुन मगर ( पवित्रा) रहेकी छन् ।
उनको बिहान करिब ९;४५ बजेको समयमा जोरायलको सोही ठाउँ नकु आसपास गणेशाल टोलको माथिल्लो मोड अवस्थित भिरमा पाइपलाइनको पानी खोलेर पिउने क्रममा करिब ४० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले बताउनुभयो ।
उनी कैलालीको चौमालाबाट जोरायल थलीस्थित घरमा दशै मान्न आउँदै थिइन् । मृतकको श्रीमान् र छोरी पनि सँगै रहेको भएपनि श्रीमान् केही अगाडिको दुरीमा हिँडिरहेको बेला पवित्राको लडेर मृत्यु भएको आफन्त स्रोतबाट बुझिएको छ । मृतको पवित्राको माइती घर जोरायल गाउँपालिका ४ सिराड हो ।
प्रतिक्रिया राख्नुहोस्