रोल्पामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
रोल्पा । गएराति करिब ११ बजेको समयमा रोल्पाको घर्तिगाउ स्थित आरूवा भन्ने ठाउँमा जिप दुर्घटना हुँदा जिपमा सवार एकजनाको मृत्यु भएको छ ।
माडि गाउँपालिका वडा नं ४ रीजाबाङ घर्तिगाउ भित्री सडक खण्ड रिजाबाङ बाट घर्तिगाँउ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जिप आरूवा भन्ने ठाउँमा सडक बाट ६५ मिटर तल खसी दुर्घटना हुँदा माडि गाउँपालिका वडा न-४ खस्रेडाँडा बस्ने भिउसन डाँगीको छोरा बर्ष २५ को अर्जुन डाँगीको मृत्यु भएको र जिपमा सवार अन्य २ जना सम्पर्कमा नरहेकोले खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी गराउनुभयो
प्रतिक्रिया राख्नुहोस्