चाडपर्वमा चिनीको अभाव हुँदैन: साल्टट्रेडिङ

काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेसनले आसन्न तिहार छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।
यस क्रममा बुधवार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगन्जस्थित आफ्नो गोदाम घरमा भित्र्याएको जनाएको छ । कर्पोरेसनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्