तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा बाढीपहिरोमा परी एक विदेशी नागरिकसहित ज्यान गुमाउनेको सङ्ख्या ७७ पुग्यो

काभ्रेपलान्चोक । अविरल बर्षाका कारण काभ्रेपलान्चोक जिल्लामा आएको बाढीपहिरोमा परी एक विदेशी नागरिकसहित ७७ जनाले ज्यान गुमाएका छन् भने ७५ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परी पाँच जना अझै बेपत्ता छन्। हालसम्म ३३ जना महिला, २८ जना पुरुष, नौ जना बालक र सात जना बालिकाको मृत्यु भएको छ।

पनौती नगरपालिकामा आठ जना महिलासहित १८ जनाले ज्यान गुमाएका छन्। तेमाल गाउँपालिकामा आठ जना महिला, तीन जना  पुरुष र एक जना बालकले ज्यान गुमाएका छन् ।

त्यस्तै, रोशी गाउँपालिकामा छ जना महिला, दुई जना पुरुष, एक जना बालक र तीन जना बालिकाले ज्यान गुमाएका छन् ।

यता, बेथानचोक गाउँपालिकामा आठ जना पुरुष, तीन जना महिला र एक जना बालकले ज्यान गुमाएका छन् । त्यस्तै, मण्डनदेउपुर नगरपालिकामा तीन  जान महिलासहित सात जनाको मृत्यु भएको छ।

यसैबीच, हराएकाहरूको खोजी तथा प्रभावित परिवारलाई राहत सामग्री वितरण जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button