तपाईँ सुन्दै हुनुहुन्छः

तिन संस्थाद्वारा आयोजित कार्यक्रममा १ सय ६७ जनाद्वारा रक्तदान

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सा, राउण्ड टेबल बीरगञ्ज र राजदेवी साङ्गीतिक समूह कलैया बाराले आज छुट्टाछुटै रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ६७ जनाले रक्तदान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले ६९ औँ प्रहरी दिवसको अवसर पारेर आज प्रहरी परिसरमा आयोजित कार्यक्रममा ३ महिलासहित ७३ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, प्रहरी नायब उपरीक्षक दीपक भारती लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी आजै बाराको कलैयामा राजदेवी साङ्गीतिक समूहको २१ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ११ महिलासहित ७१ जनाले रक्तदान गरेका छन् ।

राजदेवी साङ्गीतिक समूहका अध्यक्ष नीरज नेपालीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको शुभारम्भ नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादवले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (ख) का सभापति लोकेश सिंह, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी आजै वीरगन्जमा राउण्ड टेबल नेपालले आयोजना गरेको कार्यक्रममा २३ जनाले रगत दान गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button