१६ वर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी
काठमाडौँ । अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी नेपाली चलचित्र क्षेत्रमा सुपर हिट जोडी हो। सफल चलचित्रमा अभिनय गरेको यो जोडी १६ वर्ष पछि सँगै देखिएका छन्। उत्तम र निरुताले ‘यो जुनी यस्तै भो’ मा सँगै अभिनय गरेका छन्। रचनाकार बबी लिम्बूले आफ्नो स्वर्गीय श्रीमान् प्रति समर्पित गरेर कोरेका शब्दमा हरि लम्सालको सङ्गीत र केशव भावुकको स्वर रहेको छ। कर्णप्रिय अडियोको भिडियो निकै भावुक बनेको छ। मिराज अर्यालले निर्देशन गरेको भिडियोमा उत्तम र निरुताको साथमा यसोधा रुचाल र आलोक अर्यालको अभिनय रहेको छ ।
भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोस् ।
प्रतिक्रिया राख्नुहोस्