सूचना विभागको महानिर्देशकमा प्रदीप परियार

काठमाडौँ । सूचना तथा प्रसारण विभागको महानिर्देशक प्रदीप परियारले सोमबार विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई महानिर्देशकको जिम्मेवारी दिनुभएको थियो ।
यसअघि परियार काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्