प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज समसामयिक विषयमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन हुनेछ । प्रधानमन्त्री ओलीले गर्नुहुने पत्रकार सम्मेलनको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिई हिजो स्वदेश फर्किनुभएको थियो ।
स्वदेश फर्केपछि हिजो नै बसेको मन्त्रिपरिषदको बैठकले हालैको अविरल वर्षा, बाढी र पहिरोबाट पुगेको जनधनको क्षतिबाट पीडितलाई राहत दिने निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्