सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिँया समक्ष प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोगका अध्यक्ष यज्ञराज बोहराले प्रदेश प्रमुख मिँया समक्ष आयोगको आर्थिक वर्ष २०८०/०८१ वार्षिक प्रतिवेदन पेश गर्नुभयो । आयोगको वार्षिक प्रतिवेदनमा ९ परिच्छेद र १९२ पृष्ठ रहेको छ ।
त्यस क्रममा प्रदेश प्रमुख मियाँले प्रदेश लोकसेवा आयोगले प्रभावकारी रुपमा काम कारबाही गर्नुपर्ने औँल्याउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्