कोशी ब्यारेजमा पानीको बहाव निरन्तर घट्ने क्रममा
सप्तरी । सप्तकोशी ब्यारेजमा पानीको बहाव निरन्तर घट्ने क्रममा रहेको छ ।
आज बिहान १०:४० बजेको मापनअनुसार कोशी ब्यारेज भएर ६ लाख १२ हजार क्युसेक पानीको बहाव भइरहेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
यद्यपि उच्च (रेड अल्लड )खतरा भने कायम नै रहेको छ । शनिबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको थियो । ब्यारेजका सबै ५६ वटै ढोका खुल्ला राखिएको छ ।
ब्यारेजको पुलमा सवारीसाधनको आवतजावत पनि रोकिएकाे छ ।
प्रतिक्रिया राख्नुहोस्