पहिरामा परि सिन्धुपाल्चोकको लिसंखु पाखरमा दुई जनाको मृत्यु
सिन्धुपाल्चोक। पहिरामा परि सिन्धुपाल्चोकको लिसंखु पाखरमा दुई जनाको मृत्यु भएको छ ।
गएराति आएको पहिरोले पुरीएर लिसंखु पाखर –३ का पुर्व वडाध्यक्ष समेत रहेका काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो ।
पुरानो घरमा सुतिरहेको बेला राति १ बजे तिर आएको पहिरोले दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्