तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनद्वारा स्वागत

न्युयोर्क (अमेरिका)। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्क रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा राष्ट्रपति वाइडेनले आज आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यसहित महासभामा भाग लिन आउनुभएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button