भरतपुरमा डेंगु बढेपछि सचेतना तथा लार्भा खोज र नष्ट अभियान तीव्र
चितवन । भरतपुर महानगरपालिकाका शहरी क्षेत्रमा डेंगु रोगको उच्च जोखिम भएपछि डेंगु सचेतना तथा लार्भा खोज र नष्ट अभियान तीव्र पारिएको छ ।

भरतपुर महानगरपालिकाको अत्यन्त घनाबस्ती , अस्पताल र व्यावसायिक प्रतिष्ठान रहेको वडा नम्बर १० ले डेंगु रोगसम्बन्धी सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान शुरु गरेको हो । भरतपुरका अस्पताल, चौबीस कोठी, होटल रेस्टुरेन्ट तथा टोलटोलमा गएर यो अभियान तीव्र पारेको हो ।
वडा नम्बर १० अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा सदस्य, टोल सुधार समिति, आमा समूह लगायतका सहभागितामा आज वडाको तीन वटा टोलमा उक्त अभियान सम्पन्न गरिएको हो ।
पछिल्लो समय भरतपुरका अस्पतालमा डेंगुका बिरामी अत्यधिक बढेको भन्दै यसको न्यूनीकरण र रोकथामका लागि अभियान शुरु गरिएको खनालको भनाई थियो । वडा अध्यक्ष खनालले लापरवाही र फोहर गर्ने केही होटल, रेस्टुरेन्टका व्यवसायी घर धनीलाई पहिलोपटक सचेत गराइएको र आगामी दिनमा सरसफाई नगरेमा कारबाही समेत गरिने बताउनुभयो ।
भरतपुरका अन्य वडामा पनि यस्ता कार्यक्रम सञ्चालन हुँदै आएको छ कतिपय वडाले यो अभियान शुरु गर्ने तयारीमा छन् ।








प्रतिक्रिया राख्नुहोस्