तपाईँ सुन्दै हुनुहुन्छः

वन मन्त्री शाहीसँग कोलोम्बियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कोलोम्बिया राजदूत भिक्टोर हुगो इचेभेररी जरमिलो (H.E victor hugo Echeverri, Jaramillo) ले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र कोलोम्बिया बीचको ३६ वर्षदेखिको कूटनीतिक सम्बन्ध अझ प्रगाढ बनाउने बारेमा छलफल भयो ।

वन मन्त्री शाहीले कोलोम्बिया सरकारले जैविक विविधता महासन्धिको १६ औँ कोप आयोजन गर्न लागेकोप्रति खुशी व्यक्त गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नेपालमा २४ प्रतिशत संरक्षित क्षेत्र २४ हजार उपभोक्ता समिति वन र जैविक विविधता संरक्षण जुटेको मन्त्री शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button