प्रतिनिधिसभा बैठक: समसामयिक,राजनीतिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक, राजनीतिक लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले सिन्धुलीमा उत्पादित जुनार खेतीमा सुँडे पुतलीले क्षति पुर्याउँदा किसानहरू मारमा परेको भन्दै नियन्त्रणका लागि प्राविधिक खटाउनुपर्ने र किसानलाई राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
सांसदहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू-भाग होइन भनी सांसदले दिएको विचारप्रति असन्तुष्टि जनाउँदै यसको छानविन गर्नुपर्ने माग गर्नुभयो ।

सांसदहरुले केही दिन अघि काठमाडौँबाट रुकुमपुर्व जाँदै गरेको बस बागलुङमा दुर्घटनाग्रस्त हुँदा घाइते भएकाहरूलाई उपचार र मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।
देशका विभिन्न भागमा दुर्घटना भइरहेको भन्दै दुर्घटना न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने र नियन्त्रणमा पहल गर्नुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
सांसदहरूको देशका विभिन्न स्थानमा बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण पुगेको क्षति अध्ययन गर्न, राहतको व्यवस्था गर्न, तराइका भू-भागमा तटबन्ध निर्माणका काममा ध्यान दिन र नियन्त्रणका लागि योजना बनाउन पनि माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्