नेपाल पुलिस क्लबको विजयी सुरुआत
काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।
माल्दिभ्सको मालेमा आइतबार भएको खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आठौँ एनभीए राष्ट्रिय भलिबल लिगको विजेताका रूपमा पुलिसले च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो ।
पुलिसले एभरेस्ट भलिबल क्लबलाई पाँचौँ सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।








प्रतिक्रिया राख्नुहोस्