तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण चीन सागरमा विदेशी अतिक्रमणको सामना गर्ने चीनको भनाइ

बेइजिङ । चीनले दक्षिण चीन सागर लगायत आफ्नो सार्वभौम क्षेत्रमा कुनै पनि विदेशी अतिक्रमणलाई “दमन“ गर्ने  बेइजिङका एक वरिष्ठ सैन्य अधिकारीले बिहीबार बताउनुभयो ।

वासिङ्टन र बेइजिङले दक्षिण चीन सागरलगायत विवादित समुद्री क्षेत्रहरूमा चीनको बढ्दो दाबीलाई लिएर तनाव बढेको छ । 

हालैका महिनाहरूमा सागरमा  चिनियाँ सैन्य जहाजले फिलिपिन्सका पानीजहाजमाथि व्यापक आक्रमण सुरु गरेको छ । चीनको कुनै कानुनी आधार नभएको अन्तर्राष्ट्रिय अदालतको फैसलाको बाबजुद पनि बेइजिङले दक्षिण चीन सागरको ठूलो हिस्सामा आफ्नो पूर्ण दाबी पेश गर्दै आएको छ ।  

सियाङ्सन मञ्चमा एएफपीलगायत सञ्चारकर्मीसँग कुरा गर्दै चिनियाँ सेनाका लेफ्टिनेन्ट जनरल हे लेइले भन्नुभयो “हामी आशा गर्दछौँ दक्षिण चीन सागर सदाजस्तै शान्तिको सागर बन्नेछ ।” 

“हामी दृढ सङ्कल्प, दृढ इच्छाशक्ति, बलियो क्षमता र प्रभावकारी माध्यमबाट चीनको क्षेत्रीय, सार्वभौम र समुद्री अधिकार र हितका लागि लड्नेछौँ । यहाँ हुने कुनै पनि विदेशी शत्रुतापूर्ण अतिक्रमणलाई दृढतापूर्वक सामना गर्नेछौँ,” उहाँले भन्नुभयो ।

चीन र फिलिपिन्सले बुधबार दक्षिण चीन सागरका मुद्दाहरूमा विशेष गरी हालैको द्विपक्षीय विवादका विषयमा स्पष्ट वार्ता गरेका थिए । 

“दुवै पक्ष हटलाइन संयन्त्र, तटरक्षक सहयोग, र समुद्री वैज्ञानिक र प्राविधिक सहयोगका बारेमा छलफल जारी राख्न सहमत भएका छन्,” फिलिपिन्सको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button