घाटबाट शव बरामद
गोरखा । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताउनुभयो ।
दाङ, घोराही उपमहानगरपालिका–८ देउपुर घर भई पालुङटार नगरपालिका–५ बेलटार स्थित जित बहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आएकी ५० वर्षीय कल्पना बुढा मगरको सोमबार मृत्यु भएको थियो ।
आइतबार एक्कासी बिरामी भएकी मगरलाई उपचारका लागि तनहुँको तुरतुरे स्थित गोरखा पोलिक्लिनिक सामुदायिक अस्पताल पु¥याइएको थियो । आइतबार नै अस्पतालबाट डिस्चार्ज भएर कोठामा फर्किएकी बुडा मगरको सोमबार बिहान मृत्यु भएको थियो ।
बेजिल्ला घर भई गोरखामा मृत्यु भएपछि आफन्त र प्रहरीलाई खबर नगरी घाटमा लगेको थाहा पाए लगतै प्रहरी घाटमा पुगेको थियो । मृतकको आफन्तलाई खबर गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्