लुम्बिनीका वन तथा वातावरण मन्त्री कुर्मीको राजीनामा स्वीकृत
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत गर्नु भएको छ । मुख्यमन्त्री आचार्य समक्ष कुर्मीले बुधवारबाट लागु हुनेगरी मङ्गलवार दिउँसो राजीनामा पत्र बुझाउनु थियो । मुख्यमन्त्री आचार्यले वन तथा वातावरण मन्त्री कुर्मीले बुझाएको राजीनामा बुधवार स्वीकृत गर्नु भएको हो ।
बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा (२)बाट विजयी बादशाह कुर्मी साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको थियो । मन्त्रीमा नियुक्त भए देखिनै उहाँको बारेमा मानव अधिकारकर्मीहरूले बिरोध गर्दै आएका थिए । आफू माथि लागेको आरोपहरूको छानबिनको लागि मार्ग प्रशस्त गर्न मन्त्री पदबाट राजीनामा दिएको जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका– १७ परसपुरकी निर्मला कुर्मीको अपहरण गरी हत्या गरेर सम्पत्ति हत्याएको आरोपमा लाग्दै आएको छ । महिला अधिकारकर्मी रुवि खान लगायतले कुर्मीको हत्या प्रकरणमा बादशाहमाथि कारबाहीको माग गर्दै राजधानी केन्द्रित प्रदर्शन गर्दै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्