तपाईँ सुन्दै हुनुहुन्छः

विकास निर्माणलाई तीव्रता दिन सरकार लागिपरेको छ : उपमहासचिव ज्ञवाली

गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अवरुद्ध विकास निर्माणलाई तीव्रता दिन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ ।

मङ्गलवार नेकपा एमाले जिल्ला पार्टी स्कुल विभाग गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा सञ्चालन आयोजित जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उपमहासचिव ज्ञवालीले अवरुद्ध विकास निर्माणलाई तीव्रता दिन, अर्थतन्त्रको शिथिलतालाई चलायमान गराउन, र राष्ट्रिय हितको संरक्षण गर्न सरकार लागिपरेको बताउनुभयो ।

पार्टीमा वैचारिक साथै कम्युनिस्ट चेतना जागृत गरी पार्टी नेता तथा कार्यकर्ताहरूको क्षमता विकास गर्न नेकपा एमालेले देशव्यापी रुपमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button