तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान नेपाली जनताको घर हो, यसको रक्षा गर्नुपर्छ’

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले नेपालको संविधान नेपाली जनताको घर भएकाले यसको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कृषिको उत्पादन बढाउन विज्ञहरूलाई परिचालन गर्नुपर्ने र स्वदेशी काठको प्रयोग गरी विदेशबाट काठ आयात रोक्नुपर्ने बताउनुभयो ।

सांसदहरुले जनताबाट लिएको कर र वैदेशिक ऋण बापतको रकम जनताको हितका लागि प्रयोग गर्नुपर्ने भन्दै कृषि क्षेत्रमा दिने अनुदानलाई वडामार्फत दिनुपर्ने, सडक बनाउँदा खानेपानी, ढल, विद्युत् र टेलिफोनसँग समन्वय गरी राज्यलाई ऋणको भारी बोकाउनबाट जोगाउन आग्रह गर्नुभयो ।

सांसदहरुले उपत्यकाको बागमती नदी र सहायक नदीहरूका आसपास बनेका भौतिक संरचना हटाउने विषयमा पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button