तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता आवश्यक: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बत्ताउनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयद्वारा विराटनगरमा आज आयोजित भ्रष्टाचार विरुद्धका रणनीति कार्ययोजना-२०८१ सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले भ्रष्टाचार प्रगतिको वाधक भएकाले यस्को नियन्त्रणका लागि राजनीतिक तथा प्रशासनिक क्षेत्र बिच सामूहिक प्रतिबद्धता आवश्यक रहेको बत्ताउनुभयो । 

भ्रष्टाचारका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि राम्रो नभएको बत्ताउँदै यस क्षेत्रमा सुधार गर्न नयाँ नीति र नयाँ कानुन आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरमा ल्याउन पनि स्पष्ट नीति आवश्यक रहेको बत्ताउनुभयो ।

 मुख्यमन्त्री कार्कीले नीतिगत बेरुजुलाई शुन्यमा झार्दै अरू बेरुजुलाई कमगर्न सके भ्रष्टाचार नियन्त्रण गर्न सकिने उहाँले बत्ताउनुभयो ।  सङ्घीयता कार्यान्वयनमा प्रदेश सरकार नयाँ संरचना भएकाले भ्रष्टाचार नियन्त्रणका लागि सङ्घले जस्तै कोशी प्रदेश सरकारले पनि भ्रष्टाचार विरुद्धको रणनीति तथा कार्ययोजना ल्याउने तयारी गरिरहेको बत्ताउनुभयो । 

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतमले, भ्रष्टाचार विरुद्धको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न भ्रष्टाचार विरुद्धको नयाँ रणनीति कार्ययोजना बनाउनका  लागि सबैको  सुझाव लिन कार्यक्रमको आयोजना गरिएको बत्ताउनुभयो । 

प्रधानमन्त्री कार्यालयका सह–सचिव राजेन्द्र थापाले भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति कार्य योजनाका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यालयका उप–सचिव ओमप्रकाश पराजुलीले कार्यक्रमबाट आएका सल्लाह र सुझावलाई कार्ययोजनामा समेटिने बत्ताउनुभयो । नयाँ नीति तथा कार्ययोजना बनाउनका लागि मस्यौदा तयार भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button