तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएर वडा सदस्य सहित दुई बेपत्ता 

जाजरकोट । जाजरकोटमा पहिरोले पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका ६ धुमा गाँउमा गएराति  पहिरोमा पुरिएर एकै घरका श्रीमान् श्रीमती बेपत्ता भएका हुन भने एक बालिका  गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
राति २ बजे घर पुरिँदा  मान बहादुर चलाउने  र उहाँकी श्रीमती वडा नं ६ की महिला वडा सदस्य समेत रहेकी  मायादेवी  चलाउने  पुरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
घटनास्थल वाट चलाउनेकी  छोरी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको  तर २ जनालाई निकाल्न नसकिएको  बताइएको छ । जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम पाण्डेका अनुसार घटनास्थलमा प्रहरी टोली जाँदै गरेको तर सञ्चार सम्पर्क हुन नसक्दा यथार्थ विवरण प्राप्त गर्न नसकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button