तपाईँ सुन्दै हुनुहुन्छः

मोतीराम जयन्ती–सञ्चारकर्मी पाठक पुरस्कृत

मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङले मोतीराम भट्टको जन्मजयन्तीको उपलक्ष्यमा आज यहाँ आयोजित एक कार्यक्रमबीच पत्रकार सुशीला पाठकलाई पुरस्कृत गरेको छ ।
पीताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापित खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार पाठकलाई नगद रु १० हजारसहित सम्मानित गरिएको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पुरस्कार वितरण गर्दै पत्रकारिता क्षेत्र बौद्धिक, मर्यादित, प्राज्ञिक र जनसरोकारको पेसा भएको बताउनुभयो । पत्रकारले सरकारलाई खबरवादी र जनतालाई सुसुचित गराउने अत्यन्त जिम्मेवारी निर्वाह गर्दै आएको उहाँको भनाइ छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा राज्य र समाजको लगानी आवश्यक भएको विचार राख्दै सञ्चारकर्मीले सत्य तथ्यका आधारमा समाचार समाजमा पस्कन आग्रह गर्नुभयो ।
महासङ्घका मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पि अधिकारी, केन्द्रीय सदस्य अमर खड्का, समाजसेवी सुरेशराज शर्मा, प्रतिष्ठानका सचिव कविराज न्यौपानेले सञ्चारकर्मीले समाजमा पछाडि परेका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी  र हक अधिकारका लागि कलम चलाउनुपर्ने सुझाव दिनुभयो ।
प्रतिष्ठानले यसअघि १८ जना सञ्चारकर्मीलाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button