पौडी खेलाडी कुमाल हिट–१ मा अन्तिम स्थानमा
काठमाडौँ । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमाल पेरिसमा जारी पारा ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् ।
एस–९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्रि–स्टायलमा सोमबार प्रतिस्पर्धा गरेका भीमले ३५.०८ सेकेन्डको समय निकाले । कुल ६ खेलाडी रहेको हिट–१ मा भीम अन्तिम स्थानमा रहे ।
विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त गर्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएका थिए । भीमले पहिलो पटक ओलम्पिकको अनुभव लिए ।
यससँगै पारा ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । यसअघि तेक्वान्दोका पलेसा गोवर्द्धनले ऐतिहासिक कांस्य पदक प्राप्त गर्दा भरतसिंह महता पहिलो चरणबाटै बाहिरिएका थिए ।








प्रतिक्रिया राख्नुहोस्