तपाईँ सुन्दै हुनुहुन्छः

किसान हक अधिकारका विषयमा कृषि विज्ञ र सरोकारवाला पक्षसँग छलफल

May be an image of 9 people, people studying and text

काठमाडौँ । राष्ट्रिय किसान आयोगले किसान हक अधिकारका विषयमा कृषि विज्ञ र सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

आयोग कार्यालय कीर्तिपुरमा आज भएको छलफलमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेमप्रसाद दंगालले कृषक सूचीकरण कार्यक्रमलाई प्रदेशसँगको समन्वयमा देशभर अभियान सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

२०७७ सालदेखि शुरु गरिएको किसान सूचीकरण कार्य चालु आर्थिक वर्षमा सम्पन्न गरी किसानहरूको वर्गीकरण र परिचयपत्र वितरण गर्ने अध्यक्ष दंगालले बताउनुभयो ।

विज्ञहरूले कृषकले उचित मूल्य नपाएका कारणले उत्पादित वस्तुहरू सडकमा फाल्नुपर्ने र खेतबारी मै नष्ट हुने समस्या समाधानका लागि सरकारले तोक्ने न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिनुभयो ।

May be an image of 10 people and text

अखिल नेपाल किसान महासङ्घ प्रचार विभाग प्रमुख भेषराज अधिकारीले बिउ र प्राकृतिक विपत्तिका कारण कृषि क्षेत्रमा हुने हानी नोक्सानी कम गर्न बालीको क्षतिपूर्ति दिने व्यवस्था कृषि विधेयकमा समावेश गर्न र किसानलाई आवश्यक तालिम सीप एवं प्रविधिको सहज उपलब्धतामा जोड दिनुभयो ।

आयोगका सदस्य टेक बहादुर बोगटीले कृषकको परम्परागत ज्ञानको खोज, प्रवद्र्धन र उपयोगका लागि महिला, आदिवासी जनजाति र विपन्न वर्गलाई समाहित गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।

राष्ट्रिय किसान महासङ्घका पञ्चकाजी श्रेष्ठ र नेपाल किसान महासङ्घका सन्तोष कट्टेलले कृषि बीमालाई व्यवस्थित गरी किसानलाई समय मै बिउ विजन र मलखादको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

May be an image of 7 people and text

आयोगका सदस्य सचिव डा.रामानन्दन तिवारीले किसानमैत्री कानुन निर्माणका लागि किसानको सहभागिता सुनिश्चित गर्न, किसानको हक अधिकार प्रवर्धन गर्न र कृषि सम्बन्धी सूचनामा किसानको पहुँच विस्तारका लागि आयोगले ध्यान केन्द्रित गरेको बताउनुभयो ।

कृषि जैविक विविधता संरक्षण कार्यमा संलग्न कृषकहरू पहिचान गरी अभिलेखीकरण गरी कृषि जैविक विविधता संरक्षण र उपयोगका लागि प्रोत्साहित गर्नुका साथै गुणस्तरीय उत्पादन र सेवा सामग्रीमा सरल पहुँचको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button