विकास निर्माण कार्यको गति बढाऔँ : मन्त्री शाही
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले सङ्घीयतालाई कार्यान्वयन गर्दै विकास निर्माण कार्यको गति बढाउनुपर्ने बताउनुभएको छ ।
आइतबार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय बैठकमा सहभागी मन्त्रालयका महानिर्देशक, महाशाखा प्रमुख र प्रदेश सचिवहरूसमक्ष मन्त्री शाहीले सङ्घीयतालाई मजबुत बनाउन संघ र प्रदेशले विकास निर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
कानुनी बाधा अड्चन फुकाएर जनताका समस्या समाधान गर्न वन मन्त्रालय तत्पर रहेको उहाँको भनाई छ ।
वार्षिक प्रगति समीक्षा कार्यक्रममा उपस्थित राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रो.डा. शिवराज अधिकारीले समस्या समाधानमा आयोग प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेशमा गएपछि माग्नुपर्छ र सङ्घमा आएपछि दिनुपर्छ भन्ने भावनाले समस्या समाधान नगर्ने आयोगका उपाध्यक्षको भनाई छ ।
वन मन्त्रालय अन्तरगतका महाशाखा र प्रदेश स्तरका कार्यालय प्रगति रिपोर्ट नियमित रुपमा आयोग पठाउनुपर्ने अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्