तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक स्थलमा राष्ट्रपतिको पहिलो दिन 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिन भक्तपुर दरबार स्क्वायर पुग्नुभएको छ ।

राष्ट्रपति पौडेल भक्तपुर दरबार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधारणले स्वागत गर्नुभएको थियो । भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधारण संवाद समेत गर्नुभएको थियो । सो क्रममा सर्वसाधारणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्‍याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।

राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूसम्म पुर्‍याउनका लागि आफूले शासन सञ्चालन गर्ने नेताहरूको ध्यानाकर्षण गराउने बताउनुभएको थियो । राष्ट्रपति पौडेलसँग सर्वसाधारणहरूले सार्वजनिक सेवामा सहज पहुँच पुग्न नसकेको, महँगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभएको थियो । सो क्रममा भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरीक्षण गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button