तपाईँ सुन्दै हुनुहुन्छः

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ ।

सङ्घीय सांसदहरूका लागि जीवन विज्ञानद्वारा आज काठमाडाँैमा आयोजित स्वजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रूपान्तरण गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सुख र समृद्धिका लागि शान्ति आवश्यक छ र शान्ति प्राप्त गर्ने सजिलो माध्य नै योग भएको बताउनुभयो ।

जीवन एवं विचारको स्वस्थताबाट शरीर र मस्तिष्क स्वस्थ हुने र यसले समाजलाई समेत स्वस्थ बनाउने भएकाले हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, वाग्मती प्रदेशमा सभामुख भुवन पाठक, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनमात पार्टीका अध्यक्ष डा सिके राउतलगायतले योग जागरणमा जीवन विज्ञानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा र रमेश नेपालले सहभागीलाई जीवन विज्ञानको प्रयोग गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button