तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भूकम्पको धक्का

बाजुरा । बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

छिमेकी जिल्ला बझाङको मष्टा गाउँपालिका केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।

बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button