तपाईँ सुन्दै हुनुहुन्छः

बाँके बस दुर्घटना: थप एक जनाको मृत्यु, मृतकको सङ्ख्या तीन पुग्यो

नेपालगन्ज । बाँकेमा आज भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

दाङ घोराहीका ३० वर्षीय बिमल राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका राईको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरकै २४ वर्षीय सन्तोष भुषालको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दाङको तुलसीपुरदेखि नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस आज बिहान सवा ११ बजेतिर नेपालगन्ज(कोहलपुर सडक खण्डको गनापुरमा दुर्घटनामा परेको थियो ।

घाइते २६ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button