तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध : मन्त्री चौधरी

नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस नेता समेत रहनुभएका मन्त्री चौधरीले खेलाडीहरूलाई खेलमा टिकाइराख्न सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताउनुभयो । खेलाडीको वृत्ति विकासमा पनि सरकारले विशेष ध्यान दिने उहाँको भनाई छ । सुर्खेतमा आगामी मंसिरमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन बाँकेको विशेष भूमिका रहने मन्त्री चौधरीले बताउनुभयो । युवाका लागि पनि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गरेकाले त्यसमा जोडिएर लाभ लिन उहाँले आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले बाँके खेलकुदको उर्वर भूमि भएकाले विशेष ध्यान मन्त्री चौधरी समक्ष आग्रह गर्नुभयो । उपसभापति गोपाल प्रसाद अधिकारीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button