नेपाल र बङ्गलादेश सेमिफाइनल प्रवेश
काठमाडौँ । घरेलु टोली नेपाल र बङ्गलादेश एक खेल अगावै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मङ्गलवार बङ्गलादेशले श्रीलङ्कालाई २–० ले पराजित गरेसँगै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्यो ।
दुवै खेलमा पराजित श्रीलङ्का भने अङ्कविहीन हुँदै बाहिरिएको छ । पहिलो खेलमा श्रीलङ्का नेपालसँग १–० ले पराजित भएको थियो । अब बिहीबार हुने नेपाल र बङ्गलादेशबिचको खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।
बङ्गलादेशलाई जित दिलाउन मिराजुल इस्लाम र पिएश अहमद नोभाले गोल गरे ।
खेलको १८औँ मिनेटमा इस्लामको गोलमार्फत बङ्गलादेशले अग्रता लिएको थियो । उनले राबी हुसेन राहुलको क्रसलाई वाच टचमै पोस्टको दिशा दिएका थिए । अन्त्यतिर नोभाले गोल गर्दै बङ्गलादेशको जित पक्का गरे ।








प्रतिक्रिया राख्नुहोस्