तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा सोह्र हजार निजी धारा जडान

तनहुँ ।  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले करिब १६ हजार निजी धारा जडान गरेको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाभरि १५ हजार नौ सय ९४ वटा निजी धारा जडान गरिएको हो । 

निजी धारा जडानपछि पानी वितरण हुँदा दुई लाख ९८ हजार १६ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका डिभिजन कार्यालयकी इन्जिनियर बिनु लोहनीले जानकारी  दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा दुई हजार निजी धारा जडान गरिएको थियो । उक्त धारा जडानपश्चात् चार हजार सात सय ८० जना प्रत्यक्ष लाभान्वित भएका छन् । 

जिल्लामा हालसम्म ९२ प्रतिशत नागरिकमा शुद्ध खानेपानीको पहुँच पु¥याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । “शतप्रतिशत घरमा खानेपानी सेवा पु¥याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेको छ”, इन्जिनियर लोहनीले भन्नुभयो, “कतिपय अवस्थामा पर्याप्त बजेट नहुँदा आयोजनाको काम प्रभावित हुने गरेको छ ।” उहाँका अनुसार झाप्रेखोला कैडले खानेपानी, म्याग्देको भकुन्थोक बेलटार खानेपानी, सरङघाट, केशरी खानेपानी, व्यासको बेलटारी डिप बोरिङलगायत केही योजना रकम अभाव र मुहान विवादका कारण सम्पन्न गर्न सकिएको छैन । 

सङ्घीय सरकारबाट योजना ससर्त अनुदानमा रु २७ करोड ५० लाख र प्रादेशिक खानेपानी आयोजनातर्फ रु २१ करोड ९१ लाख बजेट विनियोजन भएको थियो । विशेष अनुदान खानेपानी आयोजनामा रु १४ करोड र खानेपानी सेवा विस्तार तथा पुनः स्थापनाअन्तर्गत रु २६ करोड ६८ लाख बजेट विनियोजन भएको इन्जिनियर लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले गत आवमा भौतिक प्रगति ९४ र वित्तीय प्रगति ९२ दशमलव ५१ प्रतिशत हासिल गरेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button